कुलप्याडको ‘कुल वन’ फोन अब ६४ जीबी संस्करणमा


मोबाइल फोन उत्पादक कम्पनी कुलप्याड्को आधिकारिक वितरक जाईमा इन्टरकन्टिनेन्टल प्रालिले कुलवनको ६४ जीबी भर्सनमा फोन नेपाली बजारमा भित्र्याएको छ।

कुल वन नेपाली बजारका लागि १३+१३ एमपी डुअल रियर क्यामेरा भएको पहिलो फोन हो। यस फोनमा एफ÷२.० अपेचर र डुअल एलडीडी फ्ल्याससहितको १५ मेगापिक्सेलको जोडी क्यामेरा रहेको छ। फोनमा एफ÷२.२ अपेचर सहितको ८ मोगपिक्सेलको सेल्फी क्यामेरा छ, जो ८० डिग्री वाइड लेन्समा जडित गरिएको छ।

फोनमा ६४बिट अक्टाकोर क्वालकम स्नापड्रागन ६५२ तथा एड्रेनो ५१० जिपीयु समावेश गरिएको छ। फोनमा ४०६० एमएएचको ब्याट्री क्षमता रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.