अमेरिकी कम्पनी एप्पलको पछिल्लो उत्पादन आइफोन–१७ नेपाली बजारमा आएको छ। नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेन–नेक्स्ट प्रालिले आइफोन–१७ सिरिज आधिकारिक रूपमा बजारमा ल्याएको हो।
आइफोन–१७ सिरिज अन्तर्गत आइफोन–१७, आइफोन–एयर, आइफोन–१७ प्रो र आइफोन–१७ प्रो म्याक्स छन्। यी सिरिजमा ठूलो डिस्प्ले जडान गरिएको छ। कम्पनीका अनुसार आइफोन–१७ सिरिज बिहीबारदेखि नै खरिद गर्न सकिने छ।
फोन खरिदमा कम्पनीले निशुल्क दुई पटकसम्म स्क्रिन, फोनको पछाडिको कभरमा भएको सिसा फेरि दिने र २० वाटको ओरिजिनल एडेप्टर निशुल्क दिने बताएको छ।
पहिलो दस दिनभित्र फोन खरिद गर्ने ग्राहकमध्ये १७ जनाले लक्की ड्र मार्फत एप्पल वाच सिरिज ११ र सय जनाले एयरपड–४ जित्न सक्नेछन्।
यी फोनकाे मूल्य न्युनतम एक लाख ५७ हजार दुई सय ९९ देखि तीन लाख ९७ हजार ९ सय ९९ रुपैयाँसम्म छ।
विश्व बजारमा अधिकतम रूचाइएको आइफोन सिरिजको मुल्यः
मोडल
|
क्षमता
|
मूल्य
|
आइफोन–१७
|
२५६ जिबी
|
एक लाख ५७ हजार दुई सय ९९
|
आइफोन–१७
|
५१२ जिबी
|
एक लाख ९७ हजार ९ सय ९९
|
आइफोन–१७ एयर
|
२५६ जिबी
|
दुई लाख ९ सय ९९
|
आइफोन–१७ एयर
|
५१२ जिबी
|
दुई लाख ४० हजार ४ सय ९९
|
आइफोन–१७ एयर
|
१ टिबी
|
दुई लाख ७९ हजार ९ सय ९९
|
आइफोन–१७ प्रो
|
२५६ जिबी
|
दुई लाख २० हजार ९ सय ९९
|
आइफोन–१७ प्रो
|
५१२ जिबी
|
दुई लाख ५९ हजार ९ सय ९९
|
आइफोन–१७ प्रो
|
१ टिबी
|
दुई लाख ९९ हजार ९ सय ९९
|
आइफोन–१७ प्रो म्याक्स
|
२५६ जिबी
|
दुई लाख ३९ हजार ९ सय ९९
|
आइफोन–१७ प्रो म्याक्स
|
५१२ जिबी
|
दुई लाख ७९ हजार ९ सय ९९
|
आइफोन–१७ प्रो म्याक्स
|
१ टिबी
|
तीन लाख १९ हजार ९ सय ९९
|
आइफोन–१७ प्रो म्याक्स
|
२ टिबी
|
तीन लाख ९७ हजार ९ सय ९९
|