सरकारले पछिल्लो ६ महिनामा राजस्व चुहावट र विदेशी मुद्रा अपचलन सम्बन्धी ५६ वटा मुद्दा अघि बढाएको छ।
अर्थमन्त्रालयका अनुसार राजस्व चुहावटतर्फ मात्रै २० वटा मुद्दा रहेका छन्।
यी मुद्दामा ४२ करोड बिगो रकम र ४२ करोड बराबरको जरिवानाका साथै सजायको माग दाबी गरिएको छ।
राजस्व चुहावटमा ५५ जनालाई प्रतिवादी बनाइएको छ।
विदेशी विनिमय अपचलनतर्फ ३६ वटा मुद्दा अघि बढाइएको छ। मुद्रा अपचलनमा भने बिगोभन्दा तीन गुणा बढी जरिवाना दाबी गरिएको छ।
६७ करोड ८७ लाख रूपैयाँको लाख बिगो दाबी गरिएको यो मुद्दामा २ अर्ब ३ करोड ६१ लाख जरिवाना र सजाय माग दाबी गरिएको छ।
विदेशी मुद्रा अपचलनमा ५८ जनलाई प्रतिवादी बनाइएको अर्थमन्त्रालयले जनाएको छ।