अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट असान्दर्भिक तथा यथार्थपरक नभएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभा बजेट अर्धवार्षीक समीक्षा प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
अहिले कार्यान्वयन गरिँदै गरेको बजेटलाई अर्थमन्त्री पौडेलले सदन र मुलुकको लागि एक प्रकारको बोझ भएको समेत टिप्पणी गरेका छन्।
'यो बजेट संसदको लागि मुलुकको लागि एक प्रकारको बोझ हो।'
परिस्थितिजन्य कारणले गर्दा बजेट पास गर्नु परेको र सरकार फेरिएपछि पनि यही बजेटलाई निरन्तरता दिनु परेको बताए।
बजेटमा भएका कमजोरीहरूलाई कार्यान्वयनका क्रममा सच्याउँदै लैजाने उद्देश्यले यो सरकार अघि बढेको उनले बताएका छन्।
पूरक बजेट ल्याउने विकल्प सरकारलाई भए पनि प्रतिपक्षसँग सहकार्य गरेर नै अघि बढ्नलाई पूरक बजेट नल्याइएको उनले टिप्पणी गरे।
मन्त्रिपरिषद्ले नै कार्यविधि बनाएर तीन करोडभन्दा साना परियोजनामा संघीय सरकारले बजेट विनियोजन नगर्ने भनिए पनि चालु वर्षको बजेटमा ७५ हजार रूपैयाँसम्मका कार्यक्रममा बजेट विनियोजन भएको टिप्पणी उनले गरेका छन्।