संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले बढेको सिमेन्टको मूल्यमा हस्तक्षेप आवश्यक रहेको बताएको छ।
समितिमा बुधबार सिमेन्टको मूल्य बढेको विषयमा छलफल भएको थियो।
समितिले हाल सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्य वृद्धि भएको निष्कर्ष निकालेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आवश्यक अध्ययन गरी अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन दिने निर्णय गरेको छ।
साथै, मूल्यको विषयमा आवश्यक अध्ययन गरी सात दिनभित्र जबाफ पेस गर्न समेत निर्देशन दिएको छ।
उद्योगहरूमा के कति लोडसेडिङ भएको हो यस विषयमा जबाफ माग्ने समितिको निर्णय छ।