कालोबजारी नियन्त्रण र व्यापारमा प्रतिस्पर्धात्मक वातावरणको लागि ऐनमा गरिएको संशाधन पछि नै सिमेन्टको मूल्य बढाइएको सांसद लेखनाथ दाहाल(राजन) ले आरोप लगाएका छन्।
संघीय संसदको लेखा समितिमा भइरहेको छलफलमा उनले यस्तो बताएका हुन्। उनले महँगाई जायज नभएको र सिमेन्टको मूल्य वृद्धिबारे उजुरी आइरहेको बताए।
उनले सरकारले ल्याएको अध्यादेश नै खारेज गर्नुपर्ने बताएका छन्।
‘यो अध्यादेश कालोबजारी गर्नको लागि ल्याइएको जस्तो देखियो,’ संसाद दाहालले भने,‘ जति पनि नाफा राख्न छुट दिने गरी कालोबजारी ऐनको व्यवस्था हटाइएको र ३ करोडसम्मको राजस्व छलिमा मुद्दा नलैजाने जस्ता व्यवस्था गरिनु घातक छ। हामी पूर्ण विरोध गर्छौ।’
कालोबजार ऐनबाट कस्तो अवस्थामा नाफाखोर हुने भन्ने व्यवस्था हटाइएकोमा पनि असन्तोष व्यक्त गरे।
राजस्व छलि तथा अनुसन्धान ऐनमा तीन करोडसम्मको छलीमा आर्थिक जरिवाना लगाउने व्यवस्था गरिएको छ।