हालै सरकारले अध्यादेश मार्फत् विभिन्न ऐनमा गरेको संशोधनले निजी क्षेत्र उत्साहित भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्।
आइतबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले यस्तो बताएका हुन्।
'निजी क्षेत्र उत्साहित नभएसम्म अर्थतन्त्र चलयमान हुन सक्दैन। विभिन्न ऐनमा भएको पछिल्लो संशेधनपछि अहिले निजी क्षेत्र उत्साहित छ,' अर्थमन्त्री पौडेलले भने, 'यसले अर्थतन्त्र चलयमान गराउँछ।'
हालै निजी क्षेत्रका छाता संगठनले प्रधानमन्त्रीसँग भेटेर धन्यवाद दिएको स्मरण गर्दै उनले यसबाट निजी क्षेत्रको मनोबल बढाएको पुष्टि हुने बताए।
उनले विगतमा प्रतिकूल देखिएका सूचकहरू अहिले सकारात्मक बन्दै जान थालेको बताए।
अर्थमन्त्री पौडेलले अहिले पुँजीगच खर्चमा गुणात्मक सुधार आवश्यक रहेको र बजेट क्यालेन्डर सुधार गरिएको पनि जानकारी दिए।
सरकारले खडा गरिएको कोषमा भएको रकम सोही कोषका उद्देश्य अनुसार नै खर्च हुने स्पष्ट पारे।
सरकारले यस्ता कोषमा रहेको रकम सञ्चित कोषमा आउने व्यवस्था गरिएपछि यस्तो रकमको दुरूपयोग हुन सक्ने भन्दै विरोध भइरहेको छ।
अहिले एक सय ७५ प्रकारका कोष छन्।
यी कतिपय कोषको रकम उपयोग नहुने तर सरकार घाटामा देखिने गरेको भन्दै यसलाई सञ्चित कोषमा देखाउने उद्देश्यले मात्रै ल्याइएको बताइएको छ।