चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नौ खर्ब २१ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ।
गत वर्ष यसै अवधिमा आठ खर्ब ४३ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएकोमा यो वर्ष १० प्रतिशतले बढेको हो।
पछिल्लो साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय व्यापार निरन्तर घटेको थियो। तर, कात्तिकदेखि भने व्यापार बढेको छ।
६ महिनाको अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड रूपैयाँ बराबरको आयात भएको छ।
गत वर्ष यस्तो आयात सात खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ बराबरको भएको थियो। यो वर्ष आयात ७ प्रतिशतले बढेको छ।
यो ६ महिनाको अवधिमा ९८ अर्ब ७९ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
गत वर्ष यस समयमा ७४ अर्ब ९७ करोड रूपैयाँको मात्रै निर्यात भएकोमा अहिले ३१ प्रतिशतले बढेको हो।
आयाततर्फ सबैभन्दा धेरै वृद्धि भटमासको तेल कच्चा, शुद्ध फलाम र सुर्यमुखी तेलको छ।
त्यस्तै निर्याततर्फ पनि भटमासको तेल, सुर्यमुखी तेल र धागोको निर्यात वृद्धिदर धेरै छ।
सबैभन्दा धेरै वृद्धिदर भटमासको तेलको छ।