आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्।
राष्ट्रपति पौडेललाई संसद भवनमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले स्वागत गरेका छन्।
संघीय संसदको दुवै संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले संसद अवरूद्ध गर्दै आएको थियो।
तस्बिरहरू: