समिट एयरले नेपाली पर्यटकका लागि पर्वतीय पर्यटन प्याकेज ल्याएको छ। स्टोल रुटमा उडान गर्दै आएको समिटले तीन गन्तव्यका लागि प्याकेज ल्याएको छ।
जोमसोम, गोक्यो, एभरेष्ट बेस क्याम्पका लागि समिटले प्याकेज ल्याएको छ।
जोमसोम:
यो प्याकेज १ रात २ दिनको हो। समिटले यसका लागि काठमाडौंबाट जोमसोम जहाजमा जान लिइने छ। त्यहाँबाट गाडीमा मुक्तीनाथ पुगेर जोमसोम फर्किने तालिका रहेको छ।
भोलिपल्ट जोमसोमबाट काठमाडौं फर्किन सकिने छ। यसको लागत १४ हजार ९९९ रुपैयाँ छ।
सगरमाथा आधार शिबिर ट्रेक
१२ रात १३ दिनको यो प्याकेजमा काठमाडौंबाट लुक्ला जहाजमा जान सकिन्छन। पहिलो दिन नै लुक्लाबाट ६ घण्टा ट्रेक गर्नुपर्छ। त्यसपछिका लगातार १० औं दिन ट्रेकपछि कालापत्थर पुगिन्छ।
त्यसपछि फर्किएर १३ औं दिनमा काठमाडौं फर्किने यसको तालिका रहेको छ। यसो लागत १९ हजार ९९९ रुपैयाँ छ।
३ एभरेष्ट छोटो ट्रेक
समिटले एभरेष्ट छोटो ट्रेक पनि ल्याएको छ। खुम्जुङसम्मको यो ट्रेक ४ रात ५ दिनको छ। यसको लागत १३ हजार ९९९ रुपैयाँ छ।
गोक्यो
१० रात ११ दिनको यो प्याकेजमा गोक्यो रि सम्म जान सकिने छ। यसको लागत: १७ हजार ९९९ रुपैयाँ रहेको छ।