बुध्द एयरले लकडाउनपछिको उडान रणनीति बनाएको छ। कोरोनाका कारण केही समय विदेशी पर्यटक नआउने र आन्तरिक रुपमै पनि धेरैले यात्रा गर्न नचाहने सम्भावनाका बीचमा बुद्धले आन्तरिक पर्यटन केन्द्रित प्याकेज बिक्री गर्ने घोषणा गरेको छ।
लकडाउ जारी रहेपनि केही सहज भएपछि विस्तरै आन्तरिक उडान खुला हुने एयरलाइन्सले विश्वास लिएको छ।
उडान खुला भएपछि पनि लामो समयसम्म आन्तरिक पर्यटककैमै निर्भर हुने बुध्दका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतको भनाई छ। उपचार तथा भ्याक्सिन नआएसम्म सजगता आवश्यक पर्ने भएकाले सबै तयारीसहति उडान सुरु गरिने उनको भनाइ छ।
नेपालमा देशभित्रै घुम्ने टुर प्याकेजको खासै प्रचनल नभएको अहिलेको सन्दर्भमा बुद्ध एयरले आफ्नै कम्पनी बुद्ध होलिडेसँगको सहकार्यमा प्याकेज ल्याउने भएको छ।
पोखरा र चितवनका लागि बुद्धले प्याकेज बनाएको छ।
पोखराका लागि २ दिनको प्याकेजका लागि प्रतिव्यक्ति ५ हजार ९९९ र चितवनका लागि २ दिनकै लागि १३ हजार ९९९ रुपैयाँमा बुध्दले प्याकेज ल्याएको छ।
"न्यू नर्मलमा हामीले नयाँ तरीकाले जानुपर्छ। हामी यसमा रक्षात्मक हुनैपर्छ। एयरलाइन्सदेखि होटलसम्म त्यस्ता निर्देशिका आउनुपर्छ र जसको पूर्ण कार्यान्वयन हुनुपर्छ" बस्नेतले भने।