प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटलमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ्ग होटल’ शीर्षकमा एक हप्ते मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
पाटा नेपाल च्याप्टरद्वारा स्थापित ‘पाटा स्कुल अफ हस्पिटालिटी’ ले नेपाल पर्यटन बोर्ड, रेसिडेन्सी होटल एकेडेमी र बुद्धमाया गार्डेनको सहकार्य तथा सहयोगमा आयोजना गरेको यस कार्यक्रममा लुम्बिनी क्षेत्रमा रहेका १७ वटा विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट ३४ जना होटल व्यवसायी तथा कर्मचारीहरुले तालिम लिएका छन्।
यही जुलाई १ देखि ६ सम्म लुम्बिनीमा सम्पन्न उक्त कार्यक्रम लुम्विनी क्षेत्रका होटलहरुमा आवद्ध जनशक्तिको ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने तथा सेवामा स्तरोन्नति एवम् सदुढीकरण गर्दै दिगो तथा जिम्मेवार पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा होटल व्यवसाय सफल रुपमा सञ्चालनका लागि आधारभूत, नवीनतम तथा सफल अभ्यासहरु अन्तर्गत फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड प्रोडक्सन तथा सर्भिस (सेवा) ब्यवस्थापन का पक्षहरु, सीप र व्यक्तित्व विकास लगायत प्रभावकारी मेनु इन्जिनियरिङ्ग , स्रोतहरुको अधिकतम उपयोग, फोहर ब्यवस्थापन इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो ।