न्युयोर्कमा खुल्यो बाजेको सेकुवा


बाजेको सेकुवाको पहिलो अन्तराष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा सञ्चालनमा आएको छ ।

त्यहाँ रहेका नेपालीहरुलाई लक्षित गरी बाजेको सेकुवा खोलिएको हो। सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल, गीता बुर्लाकोटी लगायत डिजेहरुले विशेष कार्यक्रम सहित मनोरञ्जन दिलाए ।

यसै क्रममा अमेरिका स्थित न्युयोर्कमा बाजेको सेकुवाको एक नेपाली लगानीकर्ता दीपक भण्डारीले बल्ल आफु नेपाल र नेपाली खानाको निकट हुन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

यसरी आफ्नो ब्राण्डलाई अन्तराष्ट्रियकरण गर्न पाउँदा बाजेको सेकुवाको अध्यक्ष चेतनाथ भण्डारीले खुशी व्यक्त गरे । आगामी सन् २०२४ सम्ममा अमेरिकाको विभिन्न शहरहरुमा आफ्नो आधा दर्जन शाखाविस्तार गर्ने दृढता उनले ब्यक्त गरे।

हाल १३ वटा राष्ट्रिय र १ वटा अन्तराष्ट्रिय शाखा रहेको बाजेको सेकुवा भोलीका दिनमा संसारका विभिन्न प्रतिष्ठित शहरहरु जस्तै कतारको दोहा, अष्ट्रेलियाको सिड्नी र फिनल्याण्डमा समेत शाखा विस्तारको क्रममा छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.