जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले सुरु गर्‍यो नेपालमै जर्मन बियर


जर्मन बियर वार्सटाइनर नेपालमा उत्पादन हुन थालेको छ। वार्सटाइनर बियर, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रा.लिले उत्पादन सुरु गरेको हो।

नवलपरासीको हाकुइस्थित अत्याधुनिक फ्याक्ट्रीमा सो वियर उत्पादनको औपचारिक घोषणा गरिएको थियो।

कार्यक्रममा वार्सटाइनर ग्रुप बोर्डको धनी तथा अध्यक्ष क्याथरिना क्रेम तथा जर्मन प्रतिनिधिहरु, राज ब्रुअरी प्रालिका प्रवन्ध निर्देशक राजबहादुर शाह, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजकी अध्यक्ष म्यागी शाह लगायतको उपस्थिति रहेको थियो क्रेमर नाम सन् १७५३ देखि नै वार्सटाइनर सँग परिचित हुँदै आएको छ ।

क्याथरिना क्रेमरको नेतृत्वमा आज यस परिवारको नवौँ पुस्ताले वियर उत्पादनमा उत्कृष्टताको लामो इतिहास बोकेको छ । वार्सटाइनर ग्रुप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी हो जो उत्कृष्ट बियर उत्पादन गर्न २६० बर्ष भन्दापहिले देखि प्रख्यात छ ।

वार्सटाइनर ब्राण्ड जर्मनीको सबैभन्दा सफल ब्रुअरीहरु मध्य एक हो। वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरुमा उपलब्ध छ ।बर्षैभरी निरन्तर उच्च स्तरीय बियर उत्पादतगर्ने प्रतिबद्घताका साथ वार्सटाइनर ब्रुअरीले विश्वस्तरीय प्रविधि, नविननापतौल तथा अत्याधुनिक उत्पादन प्रविधिद्वारा प्रिमियम बियरको उत्पादन गर्ने अठोट लिएको छ ।

यस कडा नियन्त्रण प्रव्रिmयाले गर्दा वार्सटाइनर बियर अन्तर्राष्ट्रिय स्तरको फुड सेफ्टी सर्टिफिकेट प्राप्त गर्ने विश्वकै प्रथम ब्रुअरी भएको छ । बियरको मुल्य २ सय ९५ रुपैयाँ तोकिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.