नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले आफ्नो १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ।
डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसिएचलका पूर्व अध्यक्ष, वर्तमान अध्यक्ष र सञ्चालकहरूको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ।
कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा अध्यगमन विभागका पदाधिकरी, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारी, बैंक तथा वित्तीय संस्थाहरू, पिएसपी, पिएसओका प्रमुखहरू लगायत अन्य पदाधिकरीहरूको पनि विशेष उपस्थिति रहेको थियो।
नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा ८ पुस २०६५ मा एनसिएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको एनसिएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न २०६८ मा एनसिएचएल–इसिसीको सुरुआत गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो।
वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गरेका कर्मचारी छवी सापकोटा, हेड–पेमेन्ट सिस्टमलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको थियो।
कार्यक्रममा एनसिएचएलका पूर्व अध्यक्षद्वय अनिल केशरी शाह र अशोक शम्शेर ज.ब.रालाई एनसिएचएलको सञ्चालक समितिको स्थापक अध्यक्ष र तेस्रो अध्यक्षको रुपमा रही संस्था स्थापनाको लागि पु¥याएको अमूल्य योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै डेपुटी गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सिद्धार्थ बैंकसँगको सहकार्यमा रिटेल ग्राहकहरूका लागि डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंक सँगको सहकार्यमा कर्पोरेट पे २.०, माछापुच्छ्रे बैंकसँगको सहकार्यमा कार्डस सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँगको सहकार्यमा थर्ड पार्टिज नेट सेटलमेन्ट सार्वजनिक गरिएका छन्।
वार्षिकोत्सवको अवसरमा १३ वटा विधामा बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर बैंक संस्थालाई विभिन्न विधा अन्तर्गत एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शनबाट सम्मानित गरिएको छ।