बुधबार नेप्से परिसूचक १.३७ अंकले बढेको छ।
नेप्से ०.०५ प्रतिशतले बढेर २५८५.८७ विन्दुमा बन्द भएको छ।
बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार चार अर्ब ४२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर तीन अर्ब २२ करोड रूपैयाँ पुगेको छ।
यस दिन ३३४ वटा धितोपत्रको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच भएको हो।
आज १११ कम्पनीको सेयरमूल्य बढेको छ भने १४२ वटाको घटेको छ। यस्तै ७ कम्पनी स्थिर छन्।
बुधबार इन्फिनिटी लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ९८९ रूपैयाँ पुगेको छ।
यस्तै, नेसनल हाइड्रोको मूल्य ४.२६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १९० रूपैयाँ ८० पैसा कायम भएको छ।
यसैगरी, ग्रामीण विकास लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.२३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१६ रूपैयाँमा झरेको छ।
बुधबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ८१५ रूपैयाँमा १४ करोड ४९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.१२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा मन्जुश्री फाइनान्स रहेको छ। उक्त कम्पनीको ७०९ रूपैयाँमा १२ करोड ७९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको छ।