सोमबार नेप्से परिसूचक १३.८८ अंकले घटेको छ।
गत बिहीबारदेखि घट्न थालेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नेप्से ०.५३ प्रतिशतले घटेर २५८१.२१ विन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार चार अर्ब ५२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर तीन अर्ब ५१ करोड रूपैयाँ पुगेको छ।
सोमबार ३३२ वटा धितोपत्रको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच भएको हो।
यसदिन ५४ कम्पनीको सेयरमूल्य बढेको छ भने १९९ वटाको घटेको छ। यस्तै ६ कम्पनी स्थिर छन्।
सोमबार एसवाई प्यानलको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ७५३ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, सिटिजन्स बैंकको डिबेञ्चरको मूल्य ६.०१ प्रतिशतले बढेर प्रति डिबेञ्चर मूल्य एक हजार ३२० रूपैयाँ ९० पैसा कायम भएको छ।
यसैगरी, मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४९९ रूपैयाँमा झरेको छ।
सोमबार लुम्बिनी विकास बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४८९ रूपैयाँमा १० करोड ३० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ५०६ रूपैयाँमा ८ करोड २५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.५७ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशतले घटेको छ।