सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा ‘लिडरसिप फर ट्रान्सफर्मेसन इन लुम्बिनी : अ सेमिनार अन ड्राइभिङ पर्फरमेन्स एण्ड रिजनल एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृतलगायत उपस्थित थिए।
सेमिनारमा गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन, चालु वर्षका प्राथमिकता तथा केन्द्र–प्रदेश सहकार्य सुदृढीकरणबारे छलफल भएको थियो। बैंकले २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप र आम्दानीमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ।
हालै ‘बैंक अफ द इयर २०२४’ उपाधी पाएको सिटिजन्स बैंकले नेपालमै पहिलोपटक ‘फोनपे क्रेडिट कार्ड’ र ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ जस्ता नयाँ सेवा सुरु गरेको छ।
देशभर ६१ जिल्लामा २०० शाखासहितका सेवा केन्द्रमार्फत बैंकले झन्डै १९ लाख ३४ हजार ग्राहकलाई सेवा दिइरहेको छ।