नेसनल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने भएको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।