शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ।
सो अंक बढेसंगै नेप्से परिसूचक १३२१ अंकमा कायम भएको छ। आज जम्मा १७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर १ अर्व ३३ करोड ३ लाख १४ हजार २ सय ४७ रुपैयाँमा कारोबार भएको छ।
‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेसटभ परिसूचक २.५१ बिन्दुले बढेको छ। आज जम्मा १२ उपसमूहको कारोबार भएकोमा ६ उपसमूह घटेका छन् भने ६ उपसमूह बढेका छन्।
बैंकिङ ९.८६, ब्यापार १०.५६, बिकास बैंक २५.९९, फाइनान्स १.९५, अन्य ८.१२, माइक्रो फाइनान्स ०.१३ अंकले बढेका छन् भने होटेल्स ३४.१९, हाइड्रो पावर ७.२६, निर्जिवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४, सामूहिक कोष ०.०४ अंकले घटका छन्।
आज सबै भन्दा बढी कारोबार नेपाल क्रेडिट एन्ड कर्मसियल बैंक (१४ करोड)को भएको छ। सबै भन्दा बढी नाफा कमाउनेमा नेपाल कम्यूनिटी बिकास बैंक, बिशाल बजार कम्पनी, ग्रीन डेभ्लपमेन्ट बैंक, रिलायन्स फाइनान्स, कृषि बिकास बैंक, कन्चन बिकास बैंकका लगानीकर्ता रहे।
सबै भन्दा बढी गुमाउनेमा हिमालयन डिस्टिलरी, शिवम्ु सिमेन्ट, नेपाल सेवा लघुवित्त, नयाँ नेपाल लघुवित्त, कर्णाली बिकास बैंकका लगानीकर्ता रहे।