साउनदेखि चैतसम्म ५ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो


चालु आर्थिक वर्षको चैतसम्म ५ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यो रेमिट्यान्स गत आवको यस अवधिको तुलनामा ५. ६ प्रतिशतले बढी हो। यद्यपी बृद्धिदर भने खुम्चिएको छ। गत वर्ष यस अवधिमा ६.३ प्रतिशतले रेमिट्यान्स बढेको थियो।

रोजगारका लागि मलेसिया, कतार, दुबई तथा साउदी अरबमा रहेकाको हिस्सा क्रमशः ३१. ६, २८.३, १५.६ र ११. ५ प्रतिशत छ।

खुद ट्रान्सफर आय भने ६२१ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ६.८ प्रतिशतले घटेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.