एनआईसी एसिया बैंकको नयाँ शाखा मोरङको शनिश्चरे नगरपालिका १ पथरीमा खुलेको छ।
पथरी शाखाको शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले समुदघाटन गरे। शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। पथरीसँगै बैंकका १३३ शाखा कार्यालयहरु संचालनमा आएका छन् भने १४१ एटिएम काउन्टर छन्।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा दिने उद्देश्यले थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।