किराँती संस्कृति र सभ्यतामा आधारित नाटक 'खुवालुङ' को मन्चन सुरू भएको छ।
किराँतीहरु नदीको पानीलाई ‘खुवा’ भन्छन् भने ढुङ्गा लाई 'लुङ्ग' भन्छन्। प्राकृतिक पुजक किराँतीहरु यसै ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मान्छन्।
मण्डला थियटरमा साउन २९ गतेसम्म मञ्चन हुने नाटक खुवालुङमा किराँती सभ्यतालाई प्रत्यक्ष नियाल्न पाइन्छ। किरण चाम्लिङ्गको निर्देशनमा बनेको नाटकलाई राजन मुकारुङ्गले लेखेका हुन्।
यो नाटकले सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ सँगै किराँती सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गरेको छ।
नाटकमा पशुपति राई, मानङ लावती, शुशील तामाङ्ग, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सबिना थापा, प्रशंसा गुरुङ, दीपा सुहाङ्ग लिम्बू, मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, विनोद प्रकाश धामीहित ३० जना कलाकारको अभिनय रहेको छ।
तस्बिरहरू:
























