युएइको फुजेरामा बिशेष सांगितिक कार्यक्रम हुदैँ


युएइको फुजेरामा  विशेष सांगितिक कार्यक्रम हुदैँछ। फुजेरामा रहेका विभिन्न नेपाली संघसंस्था  मिलेर कार्यक्रम गर्न लागेका हुन्।

यही अप्रिल २७ तारिखका दिन फुजेराको मिडिया हलमा कार्यक्रम गरिन लागेको आयोजक मध्येकाे एक नमस्ते रेष्टुरेन्टले जानकारी दिएको छ।

कार्यक्रममा गायक शिव परियार, लोक गायिका पुर्णकला बिसि, सलोन बस्नेत लगायतका कलाकारले प्रस्तुति दिनेछन् ।

युएइमा रहेका नेपालीहरुलाई मनोरन्जन प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागिएको नेपाली संघसंस्थाले जनाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.