गैरअवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राई 'जय जानकी अन्तर्राष्ट्रिय सम्मान' बाट सम्मानित भएकी छन्।
अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ को अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मधेसी पत्रकार समाजले एनआरएनए उपाध्यक्ष प्रधानलाई सम्मान गरेको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा समाज सेवामा सक्रिय रहेको र नेपाली समुदायको हितमा काम गरेको भन्दै प्रधान सम्मानित भएकी हुन्।
एनआरएनए उपाध्यक्ष प्रधान बेलायत र नेपालमा व्यवसाय गर्छिन्।