ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी)ले लन्डनमा वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
साधारण सभाले पुनः कपिल रिजाललाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा विराज भट्ट र इन्द गिरी तथा सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन्।
कार्यकारी सदस्यमा अन्जनी फुयाँल, सन्तोष मन्डल, नादिया विलियम्स, कमल पौडेल, वसन्त नेपाल, अनिल न्यौपाने, विपी खनाल, दीपक श्रेष्ठ, प्रभु न्यौपाने लगायत छन्।
अध्यक्ष रिजाल एक सफल उद्यमी हुन्। उनी फिल्म निर्देशक तथा निर्माता हुन्।
बिएनसिसीले नेपाल-बेलायत दुवै मुलुकको लगानी तथा व्यापार प्रवर्द्धनका लागि काम गर्दछ। त्यस्तै उद्यमीहरूबीच पारस्पारिक सम्बन्ध विस्तारमा समेत टेवा पुर्याउँदै आएको छ।