अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरुको साझा संस्था फिनिएले एनडीआईएस बिजनेस अनलक्ड कार्यक्रम आयोजना गर्ने भएको छ।
फिनिए अस्ट्रेलिया(फेडेरेसन अफ इन्टरनेशनल नेपाली युथ एन्टरप्रेनर्स) अप्रिल ११ मा मेलवर्नमा गर्न लागेको कार्यक्रम एनडिआइएस व्यवसायमा रुची राख्ने नेपाली उद्यमीहरुको लागि नयाँ अवसर ज्ञान र नेतटवर्किङको लागि उपयुक्त हुने बताइएको छ।
फिनिए अस्ट्रेलियाकी अध्यक्ष सुजाता चालिसे नेपाली समुदायमा एनडिआइएस क्षेत्रमा व्यवसायिक सहभागिता उल्लेखनीय रुपमा बढेको बताउँछिन्।
'सही नीती नियम वित्तीय योजना, लगानी, अवसर र डिजिटल मार्केटिङ ईन् बिना दीर्घकालीन सफलताको सम्भावना न्यून हुन्छ,' चालिसे भन्छिन, 'एनडिआइएस व्यवसायमा प्रवेश गर्न चाहने वा सफल हुन खोजिरहेका नेपाली उद्यमीहरुका लागि यो कार्यक्रम ज्ञानवर्धक र प्रभावकारी हुनेछ।'
कार्यक्रममा अस्ट्रेलियाका इनफिनाइट एबिलिटी मेलवर्नका बासुदेव मरहठ्ठा,नर्स एड साउथ अस्ट्रेलियाकी सिइओ उषा गुरूङ,डाइरेक्ट केयर असिस्टेन्स मेलवर्नकी संस्थापक सबिना सिलवाल, मेटा केयर हव पर्थका संस्थापक कमल सिलवाल लगायतले आफ्ना अनुभवहरु यसका संभावना र चुनौतीबारे बताउनेछन्।