अस्ट्रेलियाको तास्मानियास्थित लन्सेस्टनमा पासपोर्ट नविकरण घुम्ती शिविरको आयोजना भएको छ।
नेपाली दूतावास क्यानबेरा र एनआरएन तास्मानियाको सहकार्यमा आयोजना भएको शिविर लन्सेस्टन काउन्सिलको लाइब्रेरी भवनमा बुधबारसम्म चल्नेछ।
मंगलबारमात्रै करिब ९० जनाले पासपोर्ट नविकरण गरेको एनआरएन तास्मानियाका युवा संयोजक अनिल ढकालले जानकारी दिए।
लन्सेस्टनमा एक सय ३० जनाले पासपोर्ट नविकरणका लागि आवदेन दिएका थिए। घुम्ती शिविरमा नेपाली दूतावासका प्रतिनिधिले बायोमेट्रिक लिने हुँदा आवेदकहरूलाई क्यानबेरा जानुपर्ने झन्झट हुने छैन।
पासपोर्ट नविकरणका लागि अनलाइनमार्फत् फारम भर्न मिले पनि शिविर सञ्चालन नहुँदा अस्ट्रेलियाभरबाट बायोमेट्रिकका लागि भने क्यानबेरा उपस्थित हुनुपर्छ। घुम्ती शिविरबाट लाभ लिनेहरूले बायोमेट्रिकका लागि मात्रै क्यानबेरा धाउनु नपरेको भन्दै खुसी व्यक्त गरेका छन्।

यस्तै, लन्सेस्टनपछि तास्मानिया राज्यको राजधानी होबार्टमा पनि नविकरण शिविरको आयोजना हुँदैछ।
होबार्टमा मात्रै करिब ४ सयभन्दा बढीले पासपोर्ट नविकरणका लागि आवेदन दिएका छन्। होबार्टमा ग्लेनोर्की काउन्सिलको लाइब्रेरी भवनमा बिहीबार, शुक्रबार र शनिबार शिविरको आयोजना हुने छ।
गैह्रआवासीय नेपाली संघ एनआरएनएले नेपाली दूतावास क्यानबेरासँग सहकार्य गर्दै अस्ट्रेलियाका विभिन्न राज्यहरूमा पासपोर्ट नविकरण घुम्ती शिविरको आयोजना गर्दै आएको छ।
आवेदकले बायोमेट्रिक गरेको २ महिनापछि हुलाकमार्फत् पसोपर्ट पाउने नेपाली दूतावास क्यानबेराले बताएको छ।

तस्बिर: अनिल ढकाल