अंग्रेजी नयाँ वर्ष-२०२५ लाई अस्ट्रेलियाले भव्य स्वागत गरेको छ। नयाँ वर्षको आगमनसँगै सिड्नी ओपेरा हाउसमा भव्य आतिशबाजी गरेर नयाँ वर्षलाई स्वागत गरिएको हो।
हार्बर किनारामा भएको विश्वकै आकर्षक आतिशबाजी झण्डै दश लाख मानिसले प्रत्यक्ष हेरे।
राति ९ बजे ९ मिनेट र १२ बजे १२ मिनेट लामो आतिशबाजीले कोकटु द्वीपदेखि पोइन्ट पाइपरसम्म करिब सात किलोमिटर क्षेत्रमा फैलिएको सिड्नीको समुद्री किनारलाई उज्यालो बनाएको थियो।
यस उत्सवका लागि नौ टनभन्दा बढी पटाका प्रयोग गरिएको थियो।
यस पटक दश नयाँ डिजाइनहरूमा चराचुरुंगी, माछा, जेलिफिस, इमूका पाइला र माछा मार्ने काँटीको अनौठो आकृतिहरू समावेश थिए।
यो आतिशबाजी २०२४ लाई बिदाइ गर्न सुरू गरिएका विश्वव्यापी उत्सवहरूमध्येका पहिलो ठूला कार्यक्रमहरूमा पर्छ।
सिड्नीको आतिशबाजी हेर्न नेपाल लगायत विश्वभरका पर्यटकहरू अस्ट्रेलिया आउने गर्छन्।
नेपालबाट आतिशबाजी हेर्नकै लागि श्रीमतीसहित आएका निर श्रेष्ठले आतिशबाजीमा आफू रमाएको बताए। उनले यसअघि फोटो र भिडिओमा हेर्दै आएको उत्सव प्रत्यक्ष आँखाले हेर्न पाउँदा ज्यादै खुसी लागेको बताए।
‘यो हाम्रो लागि अविस्मरणीय अनुभूति हो, सिड्नी आएर आतिशबाजी हेर्ने मौका मिल्यो खुसी लागेको छ,’ उनले सेतोपाटीसँग भने।
यस्तै ओपेरा हाउसमा भेटिएका रवि गौतमले आफू धेरै उत्साहित भएको प्रतिक्रिया दिए।
‘म धेरै उत्साहित छु र यो मेरो पहिलो पटक हो। यो अचम्मको क्षण अनुभव गर्न नेपालबाट अस्ट्रेलिया आएको हुँ।’
विश्वभरका देशहरूले अंग्रेजी नयाँ वर्षलाई एउटा खुसी र उमङ्गको अवसरका रूपमा लिँदै आएका छन्।
तस्बिरहरू:
-1735712116.jpg)
-1735712116.jpg)
-1735712116.jpg)
-1735712115.jpg)
-1735712115.jpg)
-1735712114.jpg)
-1735712114.jpg)
-1735712114.jpg)
-1735712114.jpg)
-1735712113.jpg)
-1735712115.jpg)
-1735712113.jpg)
-1735712113.jpg)
-1735712112.jpg)
-1735712112.jpg)
-1735712112.jpg)
-1735712112.jpg)