‘नेपालको पर्यटन प्रवर्धनकालागी गीत गाउँछु’


यो पटक नेपाली नयाँ बर्षमा गायक उगेश लिम्बुले पर्यटन प्रबद्र्धृन गर्ने उदेश्यले आफ्नो सांगीतिक प्रस्तुती दिने भएका छन्। न्युयोर्कको जोनएफ केनेडी एयरपोर्टमा सेतोपाटी संवादातासंग कुरा गर्दै लिम्बुले पोखरा, लुम्बिनी, चितवन, काठमाडौंलगायतका नेपालको पर्यटकीय स्थलमा आफ्नो सांगीतिक प्रस्तुती दिने जनाएका हुन्।

अग्रेजी, हिन्दी र नेपाली गीत गाउने अमेरिकी मुलका नेपाली गायक लिम्बु न्युयोर्कमा युवाहरु माझ निकै चर्चित छन्। लिम्बुले जापान, दुबईमा आफ्नो सांगीतिक प्रस्तुती दिएपछि यो बर्ष नेपाल पर्यटकीय प्रबद्र्धन गर्ने उदेश्यले सांगीतिक प्रस्तुती दिन लागेको जनाएका हुन्।

विनाशकारी भूकम्पपछि स्थिर सरकारको आगमनले आफू उत्साहित भएको जनाउर्दै लिम्बुले भने, ‘ नेपालको अर्थतन्त्र माथि उठाउने क्षेत्र पर्यटन हो। नेपालको पर्यटन प्रबद्र्धन गर्न एउटा समान्य नागरिरको पनि उत्तिकै हात हुन्छ। त्यसकै एउटा सुरुवात हो, यो।’

गायक लिम्बुले नेपालको खाना पर्यटन प्रबद्र्धन गर्न चाडै ‘ढेडो’ गीत लिएर पनि श्रोतामाझ आउने जनाएका छन्। भर्खरै म गुनगुनाउछु…गीत लिएर आएका लिम्बुलको मे दौडा चला आया..हिन्दी गीत पनि युट्युबमा निकै चर्चित छ।

गायक लिम्बुले नेपालको पर्यटन प्रबद्र्धन गर्न अष्ट्रेलिय, न्युजिल्याण्ड, युरोप र बेलायतमा पनि आफ्नो प्रस्तुती दिने जनाएका छन्। उगेशले नेपालको खानाले विश्वको पर्यटकलाई लोभ्याउन सक्ने जनाउदै यसलाई प्रबद्र्धन गर्न आफूले ढेडो गीत बजारमा ल्याउन लागेको जनाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.