राजधानी काठमाडौंबाट छोटो दुरीमा रहेको धादिङको ब्रोम्दिङ पर्यटकको रोजाइमा पर्न थालेको छ।  
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेको ब्रोम्दिङ नेपाली पर्यटनमा प्रशस्त सम्भावना बोकेको भए पनि स्थानीय स्तरमा मात्रै परिचित थियो भने हिजोआज बाह्य पर्यटकहरूमाझ पनि परिचित हुँदै गइरहेको छ। 
गत बुधबार नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा बेनीघाट रोराङ गाउँपालिका र एनटिपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा यहाँ पर्यटन महोत्सवको आयोजना थियो।   
समुन्द्र सतहदेखि २०८० मिटरको उचाइमा रहेको ब्रोम्दिङ डाँडामा पुगेपछि पर्यटनसँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधिहरूले ब्रोम्दिङ पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताए।  
काठमाडौंबाट ४ घण्टाको यात्रामा पुग्न सकिने ब्रोम्दिङबाट गणेश हिमाल, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे,गणेश हिमाल लगायतका रेन्जहरू छर्लंगै  देख्न सकिन्छ। 
तस्बिरहरू:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
