ललितपुरको धापाखेलस्थित नाग दह यहाँको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको एउटा पोखरी हो।
सहरको मध्यभागमा रहेको यो पोखरी पर्यटकीय गन्तव्यको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ हो तर यो गुमनामजस्तै छ।
चक्रपथबाट ९ किलोमिटर मात्र टाढा रहेको यहाँ पर्यटनको प्रचुर सम्भावना देखिन्छ। तर स्थानीय निकायले ध्यान नपुर्याउँदा यो पोखरी हिजोआज प्रदुषित देखिन्छ।
मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौं उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नाग दह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ ।
कीर्तिपुरस्थित टौदह स्थानीय पर्यटनमा प्रख्यात छ भने नजिकै रहेको नाग दह भने खासै चर्चामा छैन।
हिजोआज विभिन्न झार जलकुम्भीहरूले भरिन लागेको पोखरीलाई स्थानीय निकायले संरक्षण र सरसफाइ गरेर पर्यटन प्रवर्द्धन गरे ललितपुरको पर्यटनमा यो पोखरीले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
तस्बिरहरू:
-1694836505.jpg)
-1694836504.jpg)
-1694836504.jpg)
-1694836504.jpg)
-1694836502.jpg)
-1694836502.jpg)