यात्रामा हुने साहसिक गतिविधिहरूले यात्रालाई घुमफिर भन्दा फरक र अझ बढी रोमाञ्चकता दिन्छ। साहसिक गतिविधिले शरीर, मन र आत्मालाई चुनौती दिन्छ अनि प्रकृतिको सामिप्यतालाई अझ प्रगाढ बनाउँछ। यस प्रकारको यात्राले जीवनमा नयाँ ऊर्जा, साहस र बिर्सन नसकिने अनुभव थप्छ।
यस पटकको क्यानडा भ्रमणमा पहिलो साहसिक गतिविधि सिप्लेनको उडान थियो। हुन त भ्यानकुभर सहरमाथि हुने सिप्लेनको उडान डरलाग्दो साहसिक नहुन सक्थ्यो तर पनि मैले रोमान्चक गतिविधिभित्र समावेश गरेको थिएँ।
नेपालमा समुद्र छैन त्यसकारण पनि हुन सक्छ हामीलाई समुद्र अति नै प्यारो। समुद्रको सामिप्यतामा समुद्रको छालहरूसँग खेल्दै, तिनै लहरिरहेका छालहरू हेर्दै बस्दाको रोमान्चक अनुभूति व्याख्या गर्न सहज छैन। सिप्लेन त समुद्रमा नै ओर्लने, समुद्रबाट नै उड्ने हुँदा पक्कै पनि यो उडान झन् बढी रोमाञ्चित हुने कुरामा दुईमत नै छैन।
-1745567965.jpg)
-1745567963.jpg)
सामान्यतया सिप्लेनको उडान पच्चिस तीस मिनेटको हुन्छ, तर यो छोटो समयमा निकै धेरै रमाइलो देख्न र अनुभूति गर्न पाइन्छ। सिप्लेनबाट देखिने समुद्र, हरियाली जंगल, अग्ला भवनहरू र भ्यानकुभर सहरलाई रोमाञ्चित तरिकाबाट अवलोकन गर्न सकिने हुनाले मैले यो यात्राको प्रमुख गतिविधिमा समाहित गरेको थिएँ।
जब म पहिलोचोटि सन् २०१० मा भ्यानकुभर पुगेको थिएँ। मेरो समयको अभावको कारणले पनि मैले सिप्लेनको उडान गर्न पाएको थिइनँ।
भ्यानकुभरको सिप्लेन चढ्नु भनेको समुद्र माथिबाट आकाशमा उड्ने सपना पूरा गर्नु हो। यो अनुभव जीवनभर सम्झनलायक हुन्छ नै। हाम्रो बोर्डिङ समय थियो दिउँसो २ बजेको।
घुम्न गएका हामी कसरी होटलमै बस्न सक्थ्यौं र हामी ११ बजे नै क्यानडा प्यालेस पुगिसकेका थियौं। समुद्रको छेउमा बसेर कफी पिउनु पनि हामीलाई आफैमा रोमाञ्चकता हुने। २ बजेको बोर्डिङको लागि हामीले तीस मिनेट अगाडि रिपोर्ट गर्नुपर्ने हो। हामीसँग प्रशस्त समय थियो। क्यानडा प्यालेसबाट हाम्रो प्लेन उड्ने ठाउँ कोल हार्वर पुग्न ५ मिनेटको हिँडाइ मात्र थियो। त्यही भएर पनि हामी क्यानडा प्यालेसको सुन्दरलाई नियालिरहेका थियौं।
क्यानडा प्यालेस घुम्ने क्रममा हामीले फ्लाई ओभर लेखेको बोर्ड देख्यौं। यसबारे बुझ्दा थाहा भयो यो अति रोमान्चित भर्चुअल उडान रहेछ। आधा घन्टाको शो समय रहेको यो उडान सुरू हुन ५ मिनेट मात्र बाँकी रहेछ। हामीले सिप्लेनको लागि पर्खने समयमा यो सो हेर्ने निर्णय गर्यौं र टिकट लियौं। हतारहतार अगाडि बढ्यौं।
टिकटको मूल्य एक जनाको ४० क्यानडियन डलर थियो। हेलोइन पर्वको नजिक भएकोले दुई वटा छुट छुट्टै शो रहेछ। एउटा शो थियो क्यानडा देशको उडान अर्को थियो हेलोइन अथवा भूतहरूको दर्शन गर्न सक्ने उडान। हामीले क्यानडा देशलाई रोजेर फ्लाई ओभरका कर्मचारीले दिएको निर्देशन अनुसार अगाडि बढ्यौं।
हामी एक अँध्यारो कोठामा लहरै राखेको सिट नजिक पुग्यौं। हामीलाई सिटमा बस्न र पेटी बाँध्नको लागि आग्रह गरियो। उडानको समयमा फोटो नखिच्न अनुरोध भयो। हामी रोमान्चित थियौं। हामीले नेपालीमा कुरा गरेको सुनेर होला अंग्रेजीमा उडानको नियमहरू सम्झाइरहेका भाइले उडान नियम सम्झाइ सकेपछि, हामीतिर पुलुक्क हेरे।
‘ओहो तपाईंहरू त नेपाली पो हुनुहुँदो रहेछ। बसेको बेला सेल्फी लिनु होला तर उडानको समयमा भने फोटो नलिनु होला नत्र पछि फोटो हटाउनु पर्छ। तपाईंहरूलाई दु:खमात्र हुन्छ।’
भाइले हामीलाई नेपाली भाषामा सम्झाउनु भयो।
-1745567963.jpg)
-1745567962.jpg)
‘हुन्छ। धन्यबाद भाइ।’ मेरो आवाज नसकिँदै भाइ गायब हुनु भयो। बत्ती पूरै निभ्यो।
कतै भाइले हामी नेपाली भएर पो सो समयमा फोटो नलिनको लागि सम्झाएको हामी नेपालीहरू अति कानून मिच्ने, भनेको नमान्ने, के नै पो होला त, कस्ले पो देखेको होला र भन्ने बानीले हो कि जस्तो पनि महसुस गरेँ।
फ्लाई ओभर एकदमै रमाइलो भर्चुअल उडान जुन हामीले विमान चढेजस्तै अनुभव गर्न सक्ने फिल्म रहेछ। सिटमै बसेर विशाल स्क्रिनमा देखाइने यो फिल्म जब सुरू भयो हाम्रो सिट कुनै खाल्टोमा गए जस्तो अगाडि बढ्यो हुन त हामी सिटमै थियौं।
हामी सिटमै बसे पनि हामीलाई पूर्णत: उडिरहेको विमानमा बसेको जस्तो अनुभव भइरहेको थियो भने हाम्रो सिट सँगसँगै आकाशमा घुमेको अनुभव हुन्थ्यो। यो उडानभरि क्यानडाको सबै भाग हिमाल, नदी, झरना, सहर, ताल देखिने र नजिक नै पुगे जस्तो महसुस हुने। घरको चुचुरो छुन लागेजस्तो, समुद्रमा खस्न लागे जस्तो, जङ्गलको रूखलाई छुन खोजे जस्तो हामी चरा हौं अनि हामी क्यानडा घुमिरहेका छौं जस्तो हुने।
जब उडानको आधाआधीपछि होला हाम्रो उडान सानो प्वालबाट छिर्यो म त तर्सेर आँखा नै छोप्न पुगेँ र एउटा रोमान्चित स्वर ‘ओ’ भन्ने निस्कियो। छोरी ज्वाइँ अनि मेरी धर्मपत्नीको नि यस्तै हविगत भएको रहेछ। उहाँहरू पनि मेरो आवाज सुनेर हाँस्नु भयो। पछि मलाई तर्सेको भनेर जिस्काउँदै हुनुहुन्थ्यो।
यो फिल्मी शोमा हामी बसेको सिटहरू पनि उचालिने, हल्लिने, तलमाथि जाने हुँदा उडानको महसुस हुने रहेछ। यो उडानको समयमा हावाको झोंका, पानीको थोपा र सुगन्धहरू पनि आउने हुँदा अति नै जीवन्त र अति नै रोमान्चक हुने।
भ्यानकुभरको यात्रामा छुटाउन नै नहुने गतिविधिभित्र फ्लाइ ओभरको उडान हो। हामी यो शोको टिकट लिँदै गर्दा यस्तो रोमान्चक शो होला भन्ने सोचेका थिएनौं। साँच्चै नै यो ३० मिनेट अति नै रोमान्चक भर्चुअल शो थियो। हामीलाई यो तीस मिनेट तीन मिनेट जस्तै लाग्यो।
शोपछि गिफ्ट पसलमा फेरि उही नेपाली भाइसँग भेट भयो। राजन तामाङ झण्डै २ वर्षदेखि यहाँ काम गर्दै कलेज पढ्दा रहेछन्। उनले 'अर्को हेलोइनको शो पनि छ। हेर्नुहुन्छ? भने पचास प्रतिशत शुल्कमा छुट हुन्छ' भन्दै हुनुहुन्थ्यो।
-1745567956.jpg)
-1745567957.jpg)
‘हेलोइनको शो भूतहरूको भएकोले झन् रोमान्चक हुन्छ समय छ भने हेर्नुहोला। तपाईंहरूलाई भोलि आउँदा पनि पचास प्रतिशत छुट हुन्छ,’ राजन भाइ हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो।
घुम्नको लागि भनेर आएका नेपालीहरू भने पहिलोचोटि यो शोमा भेटेका सुनाउँदै थिए उनी। राजन भाइसँग एक सेल्फी लिएर उनीसँग बिदा भयौं र सिप्लेनको उडानको लागि कोल हार्वरतिर अगाडि बढ्यौं।
झण्डै १ घन्टा पहिला नै हामीहरू सिप्लेनको उडान क्षेत्र कोल हार्वरमा पुगिसकेका थियौं। फ्लाइट चेकिङ गरेर हामीले बोर्डिङ पास लियौं। केही फोटोहरू लियौं। म भने कफी लिएर कफीको स्वादमा सिप्लेन आएको गएको हेर्दै रहेँ।
हेर्दाहेदैं अनाउन्समेन्ट सुनेँ, ‘दुई बजेको भ्यानकुभरको सिनेक उडानको प्यासेन्जरहरू गेट नंं २ तर्फ प्रस्थान गर्नुहोला।’
छोरीले पनि ‘ड्याडी जाऊँ’ भन्दै बोलाउन पुगिन्। हामी चार जना सिप्लेनतर्फ बोर्डिङको लागि अगाडि बढ्यौं।
प्लेनको गेटसम्म पुग्नेदेखि चढ्ने अनि ओर्लनेसम्म रोमान्चकताले भरिएको यो उडानको सबभन्दा आनन्दमयी क्षण भनेको पानीमा प्लेन दकुर्दा लाग्यो। प्लेन त्यो पनि समुद्रमाथि कुदिरहँदा मन, मस्तिष्कले छुट्टै अनुभूति दिने।
हुन पनि संसार विचित्रको छ। यो विचित्रको संसारलाई कसरी मानिसले आफ्नो अनुकूल ढालेका छन् भन्ने कुराको पनि यो उदाहरण हो। मानिसले आफ्नो सुख र आनन्दको लागि प्रकृतिसँग समेत च्यालेन्ज गरिरहेजस्तो लाग्ने।
जब जब प्लेन आकाशतिर जान्छ, त्यति त्यति भ्यानकुभर सहरको सुन्दरताले मोहनी लगाउने। हामी काठमाडौंको आकाशबाट जब काठमाडौं हेर्दैछों उराठलाग्दो कंक्रिटको घर बाहेक देख्न पाइँदैन थियो।
तर भ्यानकुभरको आकाशबाट भ्यानकुभर हेर्दा देखिने हरियालीले मन छोयो मलाई। हामीसँग समुद्र छैन, गरिब देश गगनचुम्मी महल नहोला आवश्यकता नि छैन तर बाँच्नको लागि चाहिने अक्सिजनको लागि आवश्यक रूख किन राख्न सकेनौं।
-1745567957.jpg)
-1745567956.jpg)
हरियो वन नेपालको धन भनेर सामाजिक शिक्षा पढेका हामी किन रूख औषधिको रूपमा पनि दुई चार वटा देख्न सक्दैनौं। हामी, हाम्रो विकास र हाम्रो चेतनाको विकृतिरूप होला सायद काठमाडौं सहरको यो रूप।
यस्तै कल्पनासँगै फोटोहरू खिच्दै तीस मिनेट सकिएको जब समुद्रमा प्लेन ओर्लियो अनि मात्र थाहा भयो। हामीलाई भ्यानकुभर सहरको अवलोकन गरिएको प्रमाणपत्र पनि दिँदो रहेछ। कहिल्यै नर्विसने क्षण मन मस्तिष्कमा कैद गर्दै हामी स्टालिन पार्कतिर अगाडि बढ्यौं।
हामी भोकाएका थियौं। नेपाली खाना खाने योजना अनुरूप नजिकै रहेको नेपाली रेष्टुरेन्टमा गगलको सहारामा पुग्यौं। लाग्यो हामी नेपालमै छौं। नेपाली भाषाको आवाजहरूले मात्र पनि आनन्द महसुस हुने।
भोलिको यात्रा थियो हाम्रो भिक्टोरियाको। हामी आफ्नो अस्थायी गुडतिर रेलबाट अगाडि बढ्यौं।
क्रमश:
-1745567954.jpg)
-1745567954.jpg)
-1745567953.jpg)
-1745567951.jpg)
-1745567952.jpg)
-1745567952.jpg)
-1745567953.jpg)
-1745567951.jpg)
-1745567951.jpg)
-1745567951.jpg)
यी पनि:
आश्चर्य लाग्ने विमानस्थलको कायापलट!
स्टार होटल भनेको त बडेमानको पानी जहाज पो रैछ!
बाटो-बाटोमा तर्साउने भूतहरू!
यसरी बन्यो आगोले ध्वस्त क्यानडाको भ्यानकुभर सहर