वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ।
अहिलेसम्मको मतपरिणाममा ३०५ पालिकामा प्रमुख र अध्यक्ष जिते नेपाली कांग्रेस पहिलो नम्बरमा छ भने १८७ पालिकामा एमालेले जित हात पारेको छ।
२०७४ को स्थानीय तह चुनावमा एमाले देशभरिमा पहिलो दल बनेको थियो। यसपालि एमाले दोस्रोमा खुम्चिएको छ।
उपमेयर र उपाध्यक्ष भने एमालले २ बढी पालिकामा जितेको छ।
अहिलेसम्म ६६ पालिकामा मेयर जित्दा एमालेले १२१ पालिकाका अध्यक्षमा विजय हासिल गरेको छ।
एमालेले ८९ पालिकामा उपमेयरमा जितेको छ भने १२२ गाउँपालिकामा उपाध्यक्ष जितेको छ।
अर्थात् एमालेले मेयर र अध्यक्षभन्दा २४ बढी पालिकामा उपमेयर र उपाध्यक्ष जितेको छ।
मतपरिणाम आउन बाँकी पालिकामध्ये एमाले १८ पालिकाको प्रमुख/अध्यक्षमा अगाडि छ भने उपमेयर/उपाध्यक्षमा उसको अग्रता भएका पालिका २७ वटा छन्।