तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता कायमै राखेका छन्।
२७०८३ मत गणना हुँदा खड्काले १८३ मतान्तरले अग्रता लिएका हुन्। खड्काले ११२५६ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले ११०७३ मत प्राप्त गरे।
त्यस्तै उपमेयरमा एमालेकी श्यानी चौधरीले १० हजार ५४२ मत प्राप्त गरेकी छिन्। चौधरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरभन्दा २०१६ मतान्तरले अगाडि छिन्।
रानाले ८५२६ मत प्राप्त गरेका छन् ।
१९ वडाहरु रहेको तुलसीपुरमा अहिले वडा नं. ७, ८ र ९ नम्बर वडामा गणना चलिरहेको छ। तुलसीपुर वडा नं. १ र ४ गठबन्धनबाट माओवादी, २,३ र ६ मा एमाले र ५ मा नेपाली कांग्रेसले जित हात पारिसकेका छन्।