ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार हरि गोविन्द श्रेष्ठ निर्वाचित भएका छन्। उनले माओवादी केन्द्रका शिवप्रसाद कट्टेललाई ३६९२ मतान्तरले हराए।
मेयर उम्मेदवार हरि गोविन्द श्रेष्ठ ९ हजार ३५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत पाए।
नेकपा एकीकृत समाजवादीका नकुल थापाले ३ हजार ८९१ र राप्रपाका प्रविण खत्रीले २ हजार ५९३ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मी महर्जन विजयी भएकी छन्।
महर्जनले ९५९१ मत पाउँदा नेकपा एमालेकी विणा सुवेदीले ८६८३ मत पाइन्। यस्तै राप्रपाकी रामदेवी महर्जनले २६२४ मत पाइन्।
यसअघि यो पालिकामा मेयर र उपमेयर दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए।