दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार टीकाराम खड्का ७१ मतान्तरले अगाडि रहेको छन् ।
शनिबार बिहान प्राप्त मत परिणाम अनुसार २५ हजार ६ सय ८३ मत गणनामा खड्काले १० हजार ६ सय ५ मत प्राप्त गरेका छन्।
त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १० हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।
यहाँ उपमेयरमा एमालेकी श्यानी चौधरीले अग्रता बढाएकी छन्। उनले ९ हजार ९ सय १७ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ८ हजार ९९ मत प्राप्त गरेका छन्।
एमालेकी चौधरी १८१८ मतान्तरले अगाडि छिन् ।