दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार टीकाराम खड्काले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई उछिनेका छन् ।
शुक्रबार दिउँसो चार बजेसम्म २१ हजार ९३ मत गणना हुँदा खड्काले ८ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। गठबन्धनबाट कांग्रेसका गिरीले ८ हजार ७१५ मत पाएका छन्। खड्का ५७ मतले अगाडि बढेका छन्।
त्यस्तै उपमेयरमा पनि एमालेकी श्यानी चौधरीले ८ हजार १६० मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ६ हजार ७३३ मत प्राप्त गरेका छन्। चौधरी १४२७ मतले अगाडि छिन् ।
कांग्रेसको बलियो पकड मानिने तुलसीपुरका ६ र ७ नम्बर वडाबाट कांग्रेसका गिरीलाई कम मत आएको देखिएको छ।
१९ वडा रहेको तुलसीपुरमा अहिले वडा नं. ३, ६ र ७ नम्बर वडाहरुमा गणना चलिरहेको छ । तुलसीपुर वडा नं. १ र ४ गठबन्धनबाट माओवादी केन्द्र, २ मा नेकपा एमाले र वडा नम्बर ५ मा नेपाली कांग्रेसले मेयर पद जितेका छन्।