विरगन्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका जसपा नेता राजेशमान सिंहले हालसम्म २३ हजार ८ सय ९२ मत पाएका छन्।
उनलाई नेकपा एमाले-लोसपा गठबन्धनका विजय सरावगीले पछ्याइरहेका छन्। पूर्वमेयर समेत रहेका सरावगीले १२२८९ मत पाएका छन्।
यस्तै राप्रपाका उम्मेदवार गिरिश गिरीले १४२६ मत पाएका छन्।
यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार इम्तियाज आलमले १६८६१ मतका साथ अग्रता कायम राखेका छन्।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ३५७६ मत पाएका छन्। उपमेयरमै राप्रपाका उम्मेदवारले २४४२ मत पाएकी छन्।
३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो।