चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रल्लाद सापकोटा निर्वाचित भएका छन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका सापकोटाले २० हजार ७ सय ९६ मत पाएका हुन्। यस्तै नेकपा एमालेकी बिमलादेवी दवाडीले १२,७२८ मत पाएर दोस्रो भइन्।
उपमेयरमा एमालेका यादवप्रसाद पाठक विजयी भएका छन्।
पाठकले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेलाई पराजित गरेका हुन्। पाठकले १३ हजार ५ सय १४ मत पाउँदा गठबन्धनका घिमिरेले १२ हजार ३५४ मत पाएका थिए।