अभिनेत्री निरूता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो।
सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ वर्षपछि संगै देखिएका छन्। उत्तम र निरूताले 'यो जुनी यस्तै भो' मा संगै अभिनय गरेका हुन्।
रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमानप्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडिओमा उत्तम र निरूताको साथमा यसोधा रूचाल र आलोक अर्यालको पनि अभिनय रहेको छ।
निरूता र उत्तमले 'दर्पणछाँया, लहना, उपहार' जस्ता फिल्ममा एकसाथ अभिनय गरेका छन्।