'नेपाल आइडल' सिजन ६ की विजेता गंगा सोनामको स्वरमा 'गुनासो' बोलको गीत सार्वजनिक भएको छ।
शुक्रबार बिहान सार्वजनिक यो आइडल विजेता बनेपछिको गंगाको पहिलो गीत हो। प्रदीप चापागाईंँको शब्द, लेखु सहयात्रीको कम्पोज रहेको गीत विशम आचार्यले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।
प्रेम विरहको यो गीतको भिडिओ निकेश खड्काको निर्देशनमा बनेको छ। जसमा अभिनेत्री सनिशा भट्टराई र अभिनेता राज कटुवालले अभिनय गरेका छन्।
माया गर्ने व्यक्तिको चासो लाग्ने र मन दुख्दा गुनासो गर्न पाउने भाव गीतले बोल्छ। माया गर्ने व्यक्तिलाई गरिएको गुनासोको कुरा गीतमा छ।
उत्सव दाहालको डिओपी रहेको भिडिओ विकास धमलाले सम्पादन गरेका छन्। 'गुनासो' गीत प्रदीप चापागाईँले प्रस्तुत गरेका हुन्।
भिडिओः