यसवर्ष पनि दर्जनौं तीज गीत सार्वजनिक भए। यद्यपि गीतले विगतमा जस्तो चर्चा पाएनन्। बरू कतिपय गीतको आलोचना भयो।
यस्तोमा लोक संगीतप्रेमी स्रोता–दर्शकको जिज्ञासा थियो– विष्णु माझीको गीत कहिले आउँछ? पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं ल्याउने गरेकी छन्। त्यसैले यसपालि पनि उनको स्वरका प्रशंसकहरू नयाँ गीत पर्खिरहेका थिए।
अन्ततः विष्णु माझीको यसवर्षको तीज गीत युट्युबमा सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक 'आइनँ आमा...' बोलको गीतमा उनको एकल स्वर छ।
एकै झल्को देख्न मन छ
तिम्रो आँगन टेक्न मन छ
आइनँ आमा ओ यो तीजैमा
'पुतलीको भट्टी' भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।
सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा ललिता पौडेल फिचर्ड छिन्।
पढ्नुस्ः तीजका गीतमा रेकर्ड बनाउने महँगी गायिका!
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।
विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन्। भ्युजका हिसाबले ‘चरी जेलैमा’ उनको सबभन्दा चर्चित तीज गीत हो।
'पुतलीको भट्टी' भाग २० पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ। युट्युब प्लेटफर्मसहित आइटयुन्स, अमेजन, स्पटीफाइ, एप्पल म्युजिक लगायतमा समेत गीत उपलब्ध छ।
भिडिओः