'अब नाच्छ अमेरिका' अन्तर्गत भर्जिनियाको मनाससमा शुक्रबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगित गरिएको छ।
आयोजकले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।
अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्ट हराइरहेको र प्रहरीले अनुसन्धान गरिरहेको अवस्थालाई मध्यनजर गरेर पूर्वनिर्धारित मितिको कार्यक्रम स्थगित गरिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ– 'तीजलाई खुसीको पर्व बनाउन गर्ने भनिएको कार्यक्रममा हाम्रै समुदायलाई दुःख पर्दा हामी नाच्न र रमाउन सक्दैनौं भन्दै आयोजकहरूको आपतकालिन बैठक बसी यो कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हौं।'
कार्यक्रम भदौ २९ गतेका लागि सारिएको समेत जानकारी दिइएको छ।
फ्लाई नेपाले तीज र दसैंको अवसरमा अमेरिकाका थुप्रै राज्यमा 'अब नाच्छ अमेरिका' कार्यक्रम आयोजना गरेको छ।
यो सांगीतिक टुरका लागि गायिकाहरू शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल करिष्मा ढकाल अमेरिकामा छन्।
केही राज्यमा उनीहरूको प्रस्तुति भइसकेको छ।