बलिउडको पछिल्लो फिल्म 'सैयारा' ले दर्शक तथा समीक्षकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।
म्युजिकल रोमान्टिक यो फिल्मको बक्सअफिस कमाइले धेरैलाई चकित पारिरहेको छ।
मोहित सुरी निर्देशित यो फिल्ममा अहान पाण्डे र अनित पड्डाले अभिनय गरेका छन्। पाँचौ दिनसम्म आउँदा पनि फिल्मको व्यापार निकै राम्रो रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
मंगलबार मात्रै फिल्मले भारतमा २५ करोड भारू कमायो। योसँगै प्रदर्शनको पहिलो पाँच दिनको घरेलु बक्सअफिस कमाइ १ सय ३३ करोड ७५ लाख पुगेको छ।
कुन दिन कति कमायो?
शुक्रबार– २२ करोड भारू
शनिबार– २६ करोड २५ लाख भारू
आइतबार– ३६ करोड २५ लाख भारू
सोमबार– २४ करोड २५ लाख भारू
मंगलबार– २५ करोड भारू