बलिउडका प्रसिद्ध निर्देशक चन्द्र बारोटको निधन भएको छ।
अमिताभ बच्चन अभिनीत चर्चित फिल्म 'डन' का निर्देशक बारोटको ८६ वर्षको उमेरमा निधन भएको हो।
मुम्बईको एक अस्पतालमा आइतबार बिहान उनको निधन भएको उनकी श्रीमती दीपा बारोटले पुष्टि गरेकी छन्।
'डन ३' का निर्देशक–अभिनेता फरहान अख्तरले पनि बारोटको मृत्युको खबर इन्स्टाग्राममा सेयर गर्दै शोक व्यक्त गरेका छन्।
निर्देशक चन्द्र बारोट विगत सात वर्षदेखि पल्मोनरी फाइब्रोसिसबाट पीडित रहेको बताइएको छ।