बलिउड अभिनेता विक्रान्त मासे र अभिनेत्री शनाया कपूर अभिनीत फिल्म 'आँखोंकी गुस्ताखियां' को टिजर सार्वजनिक भएको छ।
बिहीबार जी स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा विक्रान्त र शनायाको प्रेमलाई देखाइएको छ। शनाया अन्धी हुन्छिन्, उनलाई साथ दिन विक्रान्त ब्लाइन्डफोल्डको प्रयोग गर्छन्।
सन्तोष सिंह निर्देशित फिल्ममा मानसी बागला र वरूण बागलाको लगानी छ। फिल्ममा विक्रान्त र शनायाको मुख्य भूमिका छ। यो शनायाको डेब्यू फिल्म हो।
यो फिल्म १६ अक्टोबरमा रिलिज हुनेछ।