दक्षिण भारतीय अभिनेता प्रभास आगामी फिल्म 'द राजा साब' लाई लिएर चर्चामा छन्।
मारूतिको निर्देशन रहने यो फिल्म ५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ। भारतीय सञ्चारमाध्यम सियासतका अनुसार प्रभासले यस फिल्मको लागि ५० करोड भारू पारिश्रमिक घटाएका छन्। यसअघि उनी १५० करोड भारू लिन्थे। 'द राजा साब' को लागि उनले १०० करोड भारू लिएका छन्।
प्रभासले 'आदिपुरुष' फ्लप भएपछि आफ्नो पारिश्रमिक घटाउने निर्णय लिएको बताइएको छ। तर 'आदिपुरुष' पछि पृथ्वीराज सुकुमारनको फिल्म 'सलार: पार्ट १' ले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थियो। त्यसपछि 'कल्कि २८९८ एडी' ले पनि विश्वभरबाट लगभग १२०० करोड भारू कमाएको थियो।
'द राजा साब' मा प्रभास एक नयाँ स्टाइलमा देखिँदैछन्। यस फिल्ममा उनी रोमान्टिक र सिरियस भूमिकामा देखिनेछन्। फिल्ममा प्रभाससँगै मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारको अभिनय रहने छ। यो फिल्म तेलुगू, हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ।