भारतीय अभिनेत्री उर्वशी रौतेला आफ्नो कान्स फिल्म फेस्टिभलको लुक्सले चर्चामा छिन्।
कान्सको रेड कार्पेटबाट उर्वशीको तस्बिर सार्वजनिक भएपछि उनको तुलना ऐश्वर्या रायसँग भइरहेको छ। यस खबर सुनेपछि उर्वशी भड्किएकी छन्।
उनले इन्स्टाग्राममा उक्त समाचार सेयर गर्दै लेखेकी छन्, 'ऐश्वर्या आइकोनिक छिन्। तर म यहाँ कसैको डुप्लीकेट बन्न आएको होइन। म नै ब्लूप्रिन्ट हुँ। कान्सले मलाई कसैको जस्तो देखिन बोलाएको होइन। यहाँ म अलग देखिन आएको हुँ। यदी मेरो लुक, मेरो स्टाइल र मेरो आत्मविश्वास तपाईलाई असहज महसुस गराउँछ भने तपाई गहिरो सास लिनुस्। मलाई सबैले बुझ्न सक्दैनन्।'
यसवर्ष उर्वशी कान्सको रेड कार्पेटमा पुगेकी थिइन्। पहिलो दिन उनको भिडिओ सार्वजनिक भएको थियो। जसमा उनलाई पोज दिनबाट रोकिएको थियो।