करण जोहरको प्रोडक्सन हाउसको फिल्म 'धडक २' सेन्सर पास भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार भारतको सेन्सर बोर्डले १६ ठाउँमा फिल्म काटेको छ। सेन्सरले फिल्ममा देखाइएको केही हिंसक दृश्य र जातीय संवादप्रति आपत्ति जनाएको छ।
१६ ठाउँमा काटेपछि फिल्मलाई युए प्रमाणपत्र दिइएको छ। फिल्मको रन टाइम २ घण्टा २६ मिनेट भएको छ।
'धडक २' सन् २०१८ मा रिलिज भएको फिल्म 'धडक' को सिक्वेल हो। 'धडक' बाट जान्हवी कपूर र इशान खट्टरले बलिउडमा डेब्यू गरेका थिए। यो फिल्म सन् २०१६ मा प्रदर्शन भएको फिल्म 'सैराट' को हिन्दी रिमेक थियो। फिल्मले १०० करोडभन्दा बढी कमाइ गरेको थियो।
यसको सिक्वेलमा तृप्ति डिमरी र सिद्धान्त चतुर्वेदीको मुख्य भूमिका छ। फिल्मलाई साजिया इकबालले निर्देशन गरेका हुन्। यो तमिल फिल्म 'परियेरूम पेरूमल' को रिमेक हो।
यो फिल्म ११ जुलाईमा रिलिज हुनेछ।